५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० करोड खर्चेर प्रधानमन्त्रीका लागी दुई भवन बन्ने



अ+ अ-

काठमाडौं । बालुवाटार ४० करोडको लागतमा दुई ओटा नयाँ भवन बन्ने भएका छन् । बिहीबार बिहान प्रधानमन्त्री केपि शर्मा ओलीले धार्मिक विधिपूर्वक पूजा गरी भवन शिलान्यास गरेका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र नयाँ बेग्लाबेग्लै दुइटा भवन निर्माण गर्न लागिएको हो। दुई भवनमध्ये एक प्रधानमन्त्री निवासका लागि प्रयोग हुनेछ भने अर्कोमा बैठक कक्षसहितको भवन बन्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

‘आगामी आवश्यकतालाई ध्यानमा राखेर आधुनिक प्रविधि सम्पन्न प्रधानमन्त्री निवास निर्माण गर्दै छौं,’ शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन्, ‘नयाँ भवन शिलान्यास गर्न पाउँदा खुसी लागेको छ।’

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारभित्र बन्न लागेको संघीय संसद भवनको पनि शिलान्यास गरेका थिए।