७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयौं घर डुबानमा



अ+ अ-

बाँके । बुधबार दिनभरको अविरल वर्षाले बाँकेको खजुरा गाउँपालिका जलमग्न भएको छ । खजुरा गाउँपालिका–६ र ७ का सयौं घर डुबानमा परेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बाढीले खजुरा क्षेत्रका मात्र १७२ घर डुबानमा परेका छन् । यो सङ्ख्या अझै बढ्नसक्ने देखिन्छ । खजुरा गाउँपालिका–६ र ७ मा पर्ने उढ्रापुर र सोनपुरका बासिन्दा डुबानबाट बढी मात्रामा प्रभावित भएका छन् ।

उक्त क्षेत्रका डुबान पीडित स्थानीय सामुदायिक विद्यालयको भवनमा आश्रय लिएका छन् । आधारभूत विद्यालय सिन्दुरीमा एक सयजति र जनसेवा माध्यामिक विद्यालयमा ८÷१० जना विस्थापित परिवारले आश्रय लिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका अधिकृत झवि शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार, वर्षा नरोकिएको हुँदा विस्थापित परिवार सुरक्षित स्थानतर्फ जान सकेका छैनन्, विस्थापित हुनेको सङ्ख्या अझै बढ्नसक्छ । वर्षाका कारण बुधबार दिनभर त्यस क्षेत्रको यातायातसमेत प्रभावित भयो । डुबानपीडितको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मी दिनभर खटिएका थिए ।

बाँकेका प्रहरी उपरीक्षक वलीले अबिरल वर्षाले खजुरा क्षेत्रमा सबैभन्दा बढी डुवान गरेको हुँदा त्यस क्षेत्रमा उद्धार कार्यका लागि प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एकमाया विकले डुबान पीडितको उद्धार तथा राहतमा जनप्रतिनिधि र कर्मचारी खटिएको बताउनुभयो । बिहीबारसम्म पीडितको एकिन विवरण सङ्कलन हुने उहाँले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिका–३ मा पर्ने पेडारी नालामा बाढी आउँदा सवारी आवागमनमा समस्या भएको छ । पेडारी नालामा रहेको पुलभन्दा माथिबाट पानी बगेका कारण नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा सवारी आवागमनमा कठिनाई भएको छ ।

बुधबारको वर्षातले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको, न्यूरोड, घरवारीटोल, गणेशपुर क्षेत्र डुबानमा छ । यसैगरी जानकी गाउँपालिकाको साइगाउँ, बेलभारलगायतका क्षेत्र समेत डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनुभयो ।