१ असार २०८३, सोमबार
,
Latest
सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो’: महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई तिहाइको सरकारले काम गर्न सकेन : नेता श्रेष्ठ



अ+ अ-

काठमाडौं । वि.सं २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २२औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा आयोजित कार्यक्रममा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्नसक्ने नेता हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो । पूर्वउपप्रधानमन्त्रीसमेत हुनुभएका नेता सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउन स्व सिंहको उल्लेखनीय भूमिका रहेको जिकिर गर्नुभयो । दुई तिहाइको सरकारले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउनुभएका उहाँले नेपाली काङ्ग्रेस पनि संस्थागतरुपमा अगाडि बढ्न नसकेको बताउनुभयो ।

काङग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले स्व सिंहजस्तै सबैले व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थलाई प्राथमिकतामा राखेमात्र देश विकास हुने बताउनुभयो । सोही दलका जिल्ला सभापति सबुज बानियाँले स्व नेता सिंहले देखाएको बाटोलाई पार्टीले पछ्याउन नसकेको गुनासो गर्नुभयो । सो अवसरमा विभिन्न जिल्लाका पार्टी सभापति, नेता तथा कार्यकर्ताले स्व सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।




भर्खरै