३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड

एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड
अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै पार्टीको प्रचार शैली रक्षात्मक (डिफेन्सिभ) बन्दै गएको स्वीकार गर्नुभएको छ।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले पार्टीको प्रचार–प्रसार गतिविधि पछिल्ला वर्षहरूमा अपेक्षाकृत प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो।

महासचिव पोखरेलका अनुसार विगतमा प्रचार कार्यमा प्रभावकारी देखिएको पार्टी अहिले प्रविधि प्रयोगको दक्षतामा पछि परेको छ। उहाँले पार्टी कार्यकर्ता प्रविधिको प्रयोगकर्ता मात्र बनेको तर आवश्यक दक्षता हासिल गर्न नसकेको बताउनुभयो।

उहाँले सामग्री निर्माण (कन्टेन्ट क्रिएसन) र लोकप्रिय डिजिटल प्लेटफर्महरूको प्रभावकारी उपयोगमा देखिएको खाडललाई पूर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, पार्टीको प्रचार संयन्त्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

पोखरेलले भन्नुभयो, “पहिले हामी प्रचारको काममा प्रभावकारी थियौँ, तर पछिल्ला दिनमा हामी केही रक्षात्मक बनेका छौँ। यसको मुख्य कारण सूचना प्रविधिको तीव्र विकास र त्यसलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने नयाँ पुस्ताको बढ्दो प्रभाव हो।”

उहाँले थप भन्नुभयो, “हामी प्रविधिको प्रयोग त गरिरहेका छौँ, सामाजिक सञ्जालमा संलग्न पनि छौँ, तर हामी मुख्यतः प्रयोगकर्ता मात्र भएका छौँ। दक्षताको अभावका कारण हामी कम प्रभावकारी भएका हौँ।”

उहाँका अनुसार आजको सूचना–सञ्चार क्षेत्रमा प्रभावकारी बन्नका लागि सामग्री निर्माण र लोकप्रिय डिजिटल प्लेटफर्महरूको अधिकतम उपयोग गर्न सक्ने क्षमता आवश्यक छ। “जसले यो क्षमता विकास गर्न सक्छ, उही प्रभावकारी हुन्छ,” उहाँले भन्नुभयो।

महासचिव पोखरेलले पार्टीको प्रचार विभागले हालसम्म गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनमा नयाँ रणनीति सहित अघि बढ्न निर्देशन पनि दिनुभएको छ।