२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय जहाज आकाशमा होल्ड भएपछि पर्यटनमन्त्रीले दिए यस्तो निर्देशन



अ+ अ-

काठमाडौँ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका ७ जहाज आकासमै फन्को लगाउने गरी ‘होल्ड’ मा बसेको सन्दर्भमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारण सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलको स्तारोन्नति तथा सेवा सुविधा सुदृढीकरणमा चासो राख्ने पर्यटनमन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको बताइएको छ।

मन्त्री भट्टराईले विमानस्थलका सन्दर्भमा प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई तत्काल घटनाको सत्य तथ्य पत्ता लगाउन निर्देशन दिएको उनको निजी सचिवालयले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा केही घन्टाअघि दूरी मापन गर्ने उपकरण ९डीएमई० तथा भीएचएफ ओम्नीडाइरेक्सनल रेडियो रेन्ज ९भीओआर० मा समस्या देखिएपछि विमानस्थलमा ठूला जहाजको अवतरण प्रभावित भएको छ ।

उक्त प्राविधक समस्याका कारण विमानस्थलमा करिब दुई घन्टा जहाज अवतरण गर्न सकेका थिएनन् । प्राविधिक मर्मतपछि अहिले नियमित रुपमा उडान अवतरण भइरहेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

विमानस्थलका अनुसार भीओआर र डीएमई उपकरण विहा १०ः४८ मा बिग्रिएको थियो।

झण्डै डेढ घन्टाको मर्मतपछि पुनः सेवा सुचारु गरिएको थियो।

त्यस समयमा विभिन्न गन्तव्यबाट आएका ७ वटा अन्तर्राष्ट्रिय जहाजहरु अवतरणको पखाईमा आकासमा होल्ड भएका थिए।

यद्यपि अहिले विमानस्थल संचालनमा आइसकेको त्रिभूवन विमानस्थल कार्यालयले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकमा १० वटा हेलिकोप्टरकम्पनीसहित २० वटा र अन्तर्राष्ट्रियतर्फ तीन नेपालसहित २८ वटा वायु सेवा प्रदायक कम्पनीले दैनिक सरदर ९करिब १०० अन्तर्राष्ट्रिसहित ४००० उडान भर्दै आएका छन्।