२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनको मुद्दा मिलाइदिन्छु भन्दै पैसा माग्ने वन अधिकृत पक्राउ



अ+ अ-

काठमाडौं । वनसम्बन्धी मुद्दा मिलाइदिने भन्दै घूस लिने सव डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत पक्राउ परेका छन् । सहायक वन अधिकृत पर्शुराम चौधरीलाई ६५ हजार घूससहित अख्तियारको टोलीले पक्राउ गरेको हो।

चौधरीसँगै वन कार्यालय रहेको भवनका घरधनी मनोज कुमार चौहानलाई पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले बिहीबार दिउँसो १ बजे पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका चौधरी र चौहान दुवै जनालाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ।