२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिभिआइपी हेलिकोप्टर काठमाडौं आइपुग्यो



अ+ अ-

काठमाडौं । सरकारले १ अर्ब ४० करोड रुपैयाँमा अति विशिष्ट व्यक्ति (भिभिआइपी) का लागि भन्दै खरिद गरेको हेलिकोप्टर काठमाडौं आइपुगेको छ।

इटालीबाट खरिद गरिएको ८ सिट क्षमता भएको उक्त हेलिकोप्टर दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल टावर कन्ट्रोल रुमका प्रमुख सीताराम भण्डारीले बताए।

नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको उक्त हेलिकोप्टरको नेपाली दर्ता नम्बर ‘नाइएन–पिएमए’ हुनेछ।

यो हेलिकप्टर नेपाली सेनाको स्वामित्व र सञ्चालन हुने भए पनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणको रहनेछ। यो हेलिकोप्टर सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाटै अनुमति लिनुपर्नेछ।