२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा. सन्दुक रुइतलाई



अ+ अ-

काठमाण्डौ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतले पाउने भएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने जानकारी दिएका छन् । पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको छ । डाक्टर रुइतले एक लाखभन्दा बढी मोतियाबिन्दुका बिरामीको आँखाको ज्योति फर्काउनु भएको छ ।

सस्तो मूल्यमा गुणस्तरीय लेन्स ७० भन्दा बढी देशहरुमा पुर्‍याएर मोतियाबिन्दुबाट हुने अन्धोपना निवारणका लागि महत्वपूर्ण भूमिका निभाएका डा। रुइत नेतृत्वको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वकै नमुना मोडल मानिन्छ ।