२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निराश हुनुपर्ने ठाउँ छैन : नेम्वाङ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संविधान निर्माण भएको चार वर्षमा महत्वपूर्ण आधार खडा गरेको हुँदा निराश हुनुपर्ने ठाउँ नरहेको बताउनुभएको छ ।

चौथो अधिवेशनअर्थात् बजेट अधिवेशनको समापनका अवसरमा उहाँले संविधानकै आधारमा उभिएर समग्र विकास गर्न सक्ने अवस्था रहेको बताउनुभयो । “नेपाली इतिहासमा संविधानका लागि अब राजनीतिक आन्दोलन गर्नुपर्ने आवश्यकता रहेन, समृद्ध नेपाल निर्माणका लागि आधार तयार गरेका छौँ”, उहाँले भन्नुभयो, “जनताका लागि जनताकै प्रतिनिधिले बनाएको नेपालको संविधानले विश्व इतिहासमै शीर ठाडो हुने र छाती फुल्ने काम गरेका छाँै, अति कति पनि निराश हुनुपर्ने ठाउँ छैन ।” नेता नेम्वाङले संविधान कार्यान्वयनका क्रममा भएका केही कमीकमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वसभामुख नेम्वाङले चौथो अधिवेशनमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरणको कानून निर्माण गरेको र ७० वर्ष लामो जनताको भावनालाई मूर्तरुप दिँदै सत्तापक्ष र प्रतिपक्ष सबै लिएर अहिलेको अवस्थामा ल्याउनु महत्वपूर्ण काम भएको स्पष्ट पार्नुभयो ।

“नेपालको संवैधानिक इतिहासमा यसअघिका संविधानका स्रोत तत्कालीन शासक थिए तर वर्तमान संविधानको स्रोत जनता नै हुन ।” नेता नेम्वाङले भन्नुभयो, “अहिलेको संविधानको प्रस्तावनामा नै हामी सार्वभौमसत्ता नेपाली जनता, संविधानसभाबाट नै संविधान बनाएर घोषणा गर्छौं भनेर लेखिएको छ, नेपालको इतिहासमा पहिलोपटक जनताका लागि जनताले बनाएको संविधान हो ।”

नेपालको इतिहासमा महत्वपूर्ण काम सम्पन्न गरेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयन गरेर यहाँसम्म आइपुग्दा प्रतिपक्ष, सत्तापक्ष सबै एकता भएर कार्यान्वयन गर्ने सिलसिलामा अगाडि गरेको स्मरण गर्नुभयो । संविधानअनुसार तीन तहको निर्वाचन सम्पन्न गरी मौलिक अधिकारका कानून तीनवर्षभित्र बनाउनु ठूलो सफल गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाको बाँकी रहेको सङ्क्रमणकालीन न्यायको काम पनि छिट्टै निष्कर्षमा पु¥याउने उल्लेख गर्नुभयो ।

“सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कानून नयाँ पदाधिकारी ल्याउने तयारी भइरहेको छ”, नेता नेम्वाङले भन्नुभयो, “अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको फैसला र सरोकारवाला पक्षसँग छलफल गर्ने अन्तिम गृहकार्य गरेर टुङ्ग्याछौँ, एक वर्षमा नसकिए, दुई वर्षभित्र काम काम सम्पन्न गर्नेछौँ ।”