२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

एमसीसीको मुद्दाले गठबन्धन जोखिममा पर्नु हुदैन: डा भट्टराई

एमसीसीको मुद्दाले गठबन्धन जोखिममा पर्नु हुदैन: डा भट्टराई
file photo
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताउनुभएको छ । सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुष ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताउनुभएको हो ।

देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बिचमा सहमती जुटाएर मात्रै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । सत्ता गठबन्धन भत्काएर नयाँ ढंगको प्रतिगमन आउने खतरा रहेको उहाँले औँलयाउनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले ध्यान पु¥याउन सकेनौँ भने, यो वा ऊ बाहानामा हामीले तन्काउन थाल्यौँ भने सानो सानो एउटा समस्याले पनि एउटा ठुलो विस्फोटक रुप लिएर यो हाम्रो गठबन्धनलाई जसरी भत्काउने प्रयत्न भित्र बाहिरबाट भइरहेको छ, त्यो भत्कने र फेरी नयाँ ढंगले प्रतिगमन अगाडी आउने खतरा छ । टड्कारो रुपमा छ यो अनुमान मात्रै होइन । खासगरी कतिपय मुद्धाहरु, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्धाहरु अगाडी छन् । अहिले भर्खरै बढी चर्चामा आएको एमसीसीको जुन एउटा मुद्धा छ । यस्ता मुद्धामा हामीले राष्ट्रिय सहमती, कमसेकम गठबन्धनका घटकहरुका बिचमा एउटा सहमती जुटाएर हामी अगाडी बढ्न सकेनौँ भने यही बाहानामा भित्री र बाहिरी शक्तिहरुले खेलेर गठबन्धन तोडिदिने अनि त्यसपछि फेरी अर्को ढंगले प्रतिगमन अगाडी आउने खतरा छ । यतापट्टी हामी सबैको ध्यान आकृष्ट होस् ।’

अध्यक्ष डा. भट्टराईले प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्नका लागि आगामी निर्वाचनसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताउनुभयो । प्रतिगमनकारीलाई टाउको उठाउनै दिनु नहुने उहाँको तर्क छ । गठबन्धनका दलहरुबिच आपसी प्रतिस्पर्धा पनि गर्दै प्रतिगमनका विरुद्ध एकढिक्का हुनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो – ‘गठबन्धनलाई हामीले बचाउनै पर्छ । जबसम्म यो प्रतिगमनकारी शक्तिलाई निस्तोज पार्न सकिदैन, कमसेकम आगामी निर्वाचनसम्म यो गठबन्धनलाई बचाएर लानैपर्छ । यो प्रतिगमनकारीहरुको टाउको नै हामीले किच्न नसकेसम्म यिनलाई फेरी टाउको उठाउन दिन नसक्ने अवस्थामा नपु-याएसम्म हामी चुप लागेर बस्नु हुँदैन ।  त्यसपछि बहुदलीय लोकतन्त्र हो आपसी प्रतिस्पर्धा त भई नै हाल्छ । आफ्नो अलग अलग अस्तित्व छदैछनन् । त्यो प्रतिस्पर्धा पनि गरौँ । तर प्रतिगमनकारी शक्तिहरुकाविरुद्ध एक ढिक्का हौँ । त्यसपछिको अवस्थामा ज–जसको बिचार मिल्छ । त्यो बिचार मिल्ने अग्रगामी शक्तिहरुले एउटा नयाँ विकल्प निर्माण गरेर जानपनि सक्छ ।’

उहाँले प्राप्त राजनीतिक उपलब्धीहरुको रक्षा गर्दै लोकतन्त्रलाई अझ समृद्ध गर्दै लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो । उपलब्धीहरु अपूर्ण रहेको उल्लेख गर्दै उहाँले पूर्णता दिदैँ जानुपर्ने पनि बताउनुभयो ।