४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

संक्रमणकालीन न्याय : दुई आयोगमा पदाधिकारी सिफारिस गर्न गृहकार्य सुरु

संक्रमणकालीन न्याय : दुई आयोगमा पदाधिकारी सिफारिस गर्न गृहकार्य सुरु
अ+ अ-

काठमाडौं । सरकारले संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन गठित दुई आयोगका पदाधिकारीको छनोट छिट्टै गर्ने भएको छ । १० वर्षे माओवादी द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनका घटनाको छानबिन गरी दोषीलाई सजाय र पीडितलाई क्षतिपूर्ति दिन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिसम्बन्धी आयोगमा पदाधिकारी चयन छिट्टै गर्ने विषयमा गृहकार्य सुरु भएको हो ।

दुवै आयोग गत चैतदेखि पदाधिकारीविहीन छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा बनेको सिफारिस समितिले आउँदो ८ असोजमा पदाधिकारीका लागि आवेदन दिने सबैको नाम सार्वजनिक गर्ने जनाएको छ । आउँदो ८ असोजमा बस्ने बैठकले आवेदन दिएका ५७ जनाको नामको विषयमा उजुरी आह्वानका लागि पत्रिकामार्फत पाँच दिने सूचना निकाल्ने तयारी गरेको सिफारिस समितिका प्रवक्ता शर्मिला कार्कीले जानकारी दिइन् ।

पाँच दिने उजुरी आह्वानपछि आवेदकको विषयमा छानबिन हुनेछ । त्यसपछि सिफारिस समितिले दुई आयोगका लागि १० जनाको नाम सिफारिस गर्ने प्रवक्ता कार्कीले बताइन् ।
गत २१ मार्चको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । सो समितिमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीसमेत रामनाथ मैनाली, प्रेमबहादुर खड्का र शर्मिला कार्की सदस्य रहेका छन् ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन मूर्त रुप दिने भनिरहदाँ यता पीडितले भने सिफारिस समितिको औचित्यमाथि प्रश्न उठाइरहेका छन् । द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष सुमन अधिकारीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन नगरेसम्म सिफारिस समितिले पठाएको व्यक्तिको कुनै काम नभएको बताए । सर्वोच्चको आदेशानुसार संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन हुनुपर्नेमा उनको जोड छ ।

मुख्य काम मिलेर सम्पन्न गरेका कांग्रेस र कम्युनिस्ट पार्टीबीच दूरी बढेसँगै शान्ति प्रक्रियाको बाँकी अन्तिम काम संक्रमणकालीन न्यायिक प्रक्रिया धरापमा पर्न सक्ने जोखिम पनि उत्तिकै छ । यस्तो जोखिम प्रक्रियामा अहिले मुखरित भएको अन्तर्राष्ट्रिय चासो र ‘संक्रमणकालीन न्यायिक संयन्त्र’ को रूपमा रहेका आयोग समयावधि सकिनु र पदाधिकारी सिफारिस गर्न नसक्नुले दबाब सिर्जना गरेको छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र) को सहकार्यबाटै विगतमा माओवादी लडाकु समायोजन, हतियार व्यवस्थापन, अन्तरिम संविधान निर्माण र अन्तरिम व्यवस्थापिका गठन हुँदै संविधानसभाको निर्वाचन र त्यसमार्फत नयाँ संविधान जारी गर्ने जस्ता शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न भइसकेका छन् । शान्ति प्रक्रियाको हिस्सेदार नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी भए पनि दुई दलबीच सहमति जुट्न सकेको छैन ।

जसको फाइदा अन्तर्राष्ट्रिय निकायले उठाउँदै आएका छन् । नेपालको संक्रमणकालीन न्यायिक प्रक्रियाको असफलताले निम्त्याउन सक्ने अन्तर्राष्ट्रिय क्षेत्राधिकारको प्रयोग वा यस्तै अन्य जोखिमको न्यूनीकरण पनि दलको सहकार्य, सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पीडितमैत्री कानुन निर्माण, पीडितको समेत उचित सहभागितामा सम्पूर्ण प्रक्रियाको टुंगो लगाउनु नै हुनसक्छ । तर, दलको बेवास्ताले समग्र प्रक्रिया नै असफलता उन्मुख छ ।

अन्तरिम संविधान २०६३ मा दुई वर्षभित्र सक्ने भनिएको सत्यनिरूपण तथा मेलमिलापको काम १३ वर्ष भइसक्दा पनि पूरा हुन सकेको छैन । विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानले संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन दुई आयोगको परिकल्पना गरेको थियो । एकै आयोग गठन हुने वा फरकफरक बन्ने विवाद लामो समयसम्म जारी रह्यो । आयोगसम्बन्धी कानुन र आयोग गठन हुन नै ९ वर्ष लाग्यो ।

दुई वर्षको कार्यावधिसहित २७ माघ २०७१ मा गठन भएका दुई आयोगले दुई वर्षभित्र काम सम्पन्न गर्न नसकेपछि ऐनमा व्यवस्था भएबमोजिम एक वर्ष समय थप गरिएको थियो । थपिएको एक वर्षसम्म पनि काम गर्न नसकेपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशमार्फत म्याद पुनः एक वर्ष थपेको थियो । दुई पटक गरेर थपिएको दुई वर्षको समयमा पनि आयोगले आफ्नो काम सम्पन्न गर्न सकेनन् ।

आयोगको काम सम्पन्न नभएपछि अहिलेको सरकारले ऐन संशोधन गरी आयोगको म्याद काम सम्पन्न नहुँदासम्म बढाएको थियो भने पदाधिकारीको म्याद चैत मसान्तसम्म कायम रहने निर्णय गरेको थियो । सरकारले चैत मसान्तसम्म आयोगका पदाधिकारीको म्याद सकिने निर्णय गरेसँगै म्याद थपिनु अगावै पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको थियो । तीन महिना बितिसक्दा पनि पदाधिकारी सिफारिस भएका छैनन् ।

सत्य र न्याय निरुपण गर्न बनेको दुई आयोगमा ६३ हजारभन्दा बढी उजुरी प¥यो तर अलमलमै चार वर्ष बिताए । दुई वर्षभित्र काम सक्नुपर्र्ने आयोगलाई कार्यादेशसहित गठन भएको भए पनि दुई पटक म्याद थपिँदा पनि काम सम्पन्न हुन सकेन । चार वर्षमा दुई आयोगले राज्यकोषको ४९ करोड रुपयाँ व्यर्थमा खर्च भइसकेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगमा २०७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्ममा २७ करोड ७४ लाख ६६ हजार दुई सय ९२ रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च भयो तर काम भने शून्य भयो । बेपत्ता पारिएका परिवारको छानबिनका लागि आयोगमा आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म कुल २१ करोड ३१ लाख ५३ हजार ६४ रुपैयाँ खर्च भयो । समाचार राजधानी दैनिकबाट