१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेमकिपाको महाधिवेशन आजबाट



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सातौँ महाधिवेशन शुक्रबारदेखि तीन दिनसम्म भक्तपुरमा हुने भएको छ ।

शुक्रबार दिउँसो १ बजे सल्लाघारीमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।

महाधिवेशनले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी रणनीति, विधान संशोधन र वर्तमान राजनीतिबारे दृष्टिकोण निर्माण गर्ने जनाइएको छ । समाचार गोरखापत्र दैनिकबाट