१४ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश



अ+ अ-

काठमाडाैँ । सिरहाको गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।

जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन वा हुलदङ्गा भई शान्ति भंग हुन सक्ने अवस्था देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभएको छ।

प्रशासनका अनुसार गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजारको चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ स्थित रामप्रसाद रा.प्र. बहुमुखी क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यू लागू हुनेछ।

कर्फ्यू २०८३ साल साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।

प्रशासनले कर्फ्यू आदेशको पूर्ण पालना गरी जिल्लाको शान्ति सुव्यवस्था सामान्यीकरण गर्न सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ। आदेशको उल्लंघन गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ।