२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा शुभकामना व्यक्त



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीसहित आम नेपालीमा संविधान दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताउँदै मुख्यमन्त्री शाहीले यो ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका हुन् ।

मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा भनिएको छ, ‘संविधान दिवस, २०७६ को विशेष अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कर्णाली प्रदेशवासी तथा आम नेपाली दाजुभाइ, दिदीबहिनीमा हार्दिक बधाई एवम शुभकामना व्यक्त गर्दछु ।” नेपाली जनताले दशकौँ लामो समयदेखि सशस्त्र तथा निःशस्त्ररुपमा सञ्चालन गरेका बलिदानीपूर्ण सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप भएको संविधान दिवसलाई हर्षोल्लासका साथ मनाउन उनले आग्रह गरेका छन् ।

मुख्यमन्त्री शाहीले यो विशेष अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्तिका लागि ज्यानको आहुति दिने महान् शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलनलगायत सबैखाले जनसङ्घर्षका क्रममा बेपत्ता, घाइते तथा अपाङ्गगता भएका योद्धाप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

कर्णाली प्रदेशको जीवनरेखाका रुपमा रहेको जमुनाहा–हिल्सा द्रुतमार्ग निर्माण गर्न चिनियाँ सहयोगमा सम्भाव्यता अध्ययन पूरा गरी निर्माणको पहल लगायतका आशालाग्दा काम गर्न प्रदेश सरकार सफल भएको मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा उल्लेख छ ।

प्रदेश सरकारको यो अटोठ पूरा गर्न कर्णालीवासी जनसमुदायको साथ र सहयोग रहने विश्वास लिएका मुख्यमन्त्री शाहीले अन्त्यमा आजको दिनले राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकाससहित समाजवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।