२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राडा. राजिव झा सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित



अ+ अ-

काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विभिन्न पदक तथा भूषणद्वारा विभूषित गरिने भएको छ । यसै क्रममा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका प्रोफेसर डा. राजीव कुमार झा लाई सुप्रबल जनसेवाश्री (तृतीय) पदक प्रदान गरिने भएको छ ।

झा सियान मेडिकल युनिभर्सिटीमा विगत २३ वर्षदेखि चीनमा रहेर स्थापना गरिएको ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ का निर्देशक हुन् । एमबीबीएसदेखि नै छात्रवृत्तिमा चीनमा अध्ययन गरेको झा हाल आमाशयमा हुने क्यान्सरको औषधि पत्ता लगाउने अनुसन्धान गरिरहेका छन्।

चीन सरकारले उनको नाममा ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ पाँच करोड रुपैयाँभन्दा बढी खर्चेर गरेर खोलेको हो । र सेन्टरको उद्घाटनका लागी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमणमा गएका बेला गरेका थिए ।

चीनको सान्सी प्रान्तले युवा वैज्ञानिकका रूपमा झालाई सन् २०१५ मा ‘१०० ट्यालेन्ट’ को उपाधि प्रदान गरेको थियो । उनी सन् २०१८ मा सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा विशिष्ट विशिष्ट व्यक्तित्वलाई प्रदान गरिने ‘सियान फ्रेण्डसिप अवार्ड’ बाट समेत पुरस्कृत भईसकेका छन् । झा सान्सी प्रान्तका नेपालका लागि ‘नागरिक दूत’ का रुपमा पनि छन् ।