२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसका अवसरमा ५ उद्योगी व्यवसायी सम्मानित



अ+ अ-

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न उद्योगी व्यवसायीहरुलाई विभिन्न पदकबाट सम्मान गर्ने भएकाे छ । राज्यलाई यस क्षेत्रबाट विशिष्ट याेगदान पुर्याएवापत सरकारले उद्योगी व्यवसायीलाई विभिन्न पदकबाट सम्मान गर्न लागेको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई सुकिर्तिमय राष्ट्रदीप, आईएमई ग्रूपका अध्यक्ष तथा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी मिश्र राणा र उद्योगी अशोककुमार अग्रवाललाई संविधान कीर्तिमय राष्ट्रदीपबाट सम्मान गरेकाे छ ।

यि सबै व्यक्तित्वहरुलाई आजै दिउसो एक कार्यक्रमबीच सम्मान गरिँँदै छ । यसैगरी बैंकर एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई प्रवल जनसेवा श्रीबाट सम्मानित गरिने भएको छ ।

सरकारले मरणोपरान्त स्वर्गीय तत्कालिन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र स्वर्गीय मदनमणि दिक्षितलाई महाउज्ज्वल राष्ट्रीपबाट सम्मान गर्ने भएको हो ।