ग्लोबल आइएमई बैंकले संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरी देखि महाराजगंजसम्मको सडक पेटिमा रहेका ट्रि गार्डहरुमा विभिन्न फलफूलका करिब २०० विरुवा रोपेको छ ।
कार्यक्रमका का.म.न.पा. वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, सहायक महाप्रबन्धकहरु सुरेन्द्र रेग्मी र आरती राज्यलक्ष्मी राणालगायत विशिष्ठ पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीयवासीको ठूलो सहभागिता रहेको थियो ।
साथै बैंकले संविधान दिवसकै अवसरमा उपत्यकामा वाकाथन को पनि आयोजना गरेको छ । बैंकको कर्पोरेट कार्यालयदेखि सुरुभएको वाकाथनमा बैंकका कर्मचारीको सहभागिता रहेको थियो ।
यसका साथै बैंकका उपत्यका बाहिर रहेका शाखाहरुले पनि संविधान दिवसको अवसरमा वृक्षारोपण, वित्तीय साक्षारता तथा दीपावलीका कार्यक्रमहरु आयोजना गरेका छन् ।