७ असार २०८३, आईतवार
,
Latest
फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाले गाड्यो सरकारी कार्यालयमा कालो झन्डा, प्रहरी र कार्याकर्ताबिच झडप



अ+ अ-

राजविराज । संविधानसभाबाट संविधान जारी भएको दिनलाई मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) ले भने ‘कालो दिन’ का रुपमा मनाइरहेको छ। राजपाका नेता कार्यकर्ताले तराईका जिल्लामा संविधानको विरोध गर्दै कार्यक्रम गरेका हुन्।

यसबिच सप्तरीमा राजपाका महासचिव मनिष सुमनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरण, राजविराज वितरण केन्द्र लगायतका केही स्थानमा कालो झण्डा लगाउदा प्रहरीसँग झडपसमेत थियो।

कार्यालयको गेटमा कालो झन्डा गाड्दै हिँडेका राजपाका कार्यकर्ता कार्यालय हाताभित्रै प्रवेश गर्न खोजेपछि अवरोध गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सोही क्रममा सामान्य ठेलाठेल भएको प्रहरीको भनाइ छ।

प्रहरीले सबै कार्यालयको कालो झन्डा केही समयपछि नै हटाएको छ।