जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा कसैले व’म राखिदिएको सूचना प्रहरीलाई आएपछि मन्दिरमा पूजा गर्नेहरुलाई बाहिर निकालिएको छ ।
मन्दिर प्रागंणमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । सुरक्षाकर्मीलाई मन्दिरको चारैतिर खोजी शुरु गरेको छ । अहिलेसम्म केही फेला नपरेको स्थानीय अधिकारीहरुले बताएका छन् । मन्दिरमा शंकाष्पद समान रहेको हल्ला भएपछि मन्दिरको चारैतिर स्थानीयवासीको भीड लागेको छ
भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो । मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो ।
मन्दिरको वार्षिक क्यालेन्डर अनुसार जन्मदेखि मृ त्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । वार्षिक लाखो श्रद्धालु पूजा गर्न जनकपुरधाम आउने गर्छन् । मन्दिरको प्रागंणमा अहिले प्रदेश २ सरकारले सौन्दर्यीकरणको कार्य अगाडी वढाइएको छ ।