१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीका नाममा पशुपतिमा कसले गर्यो विशेष पूजा



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको ६९औँ जन्मोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । विशेष पूजा बिहान साढे नौ बजेपछि गरिएको थियो ।

मोदीको दीर्घायु, दीर्घ सुशासन र स्वच्छ भारतको लक्ष्यसहित निरन्तर अघि बढोस् भन्ने सङ्कल्पले आज विशेष पूजा गरिएको पशुपतिनाथका मूल अर्चक रावल गणेश भट्टले जानकारी दिनुभयो । पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न भारतीय जनता पार्टी (भाजपा) का नेता सञ्जीव शुक्लाको नेतृत्वमा कमलेश तिवारी, उमेश गुप्ता, राकेश तिवारी, लालता साहू, डा शिवमोहन गुप्तासहितको समूह काठमाडौँ आएको छ ।

सन् १९५० सेप्टेम्बर १७ तारिखका दिन जन्मनुभएका भारतीय प्रधानमन्त्री मोदी ६९ वर्ष पूरा भई यसै हप्ता ७० वर्ष प्रवेश गर्नुभएको छ । दोस्रोपटक मोदी भारतको प्रधानमन्त्री भएको १०० दिन पूरा भएको अवसरसमेत पारेर विशेष पूजा गरिएको भारतीय समूहका नेता शुक्लले जानकारी दिनुभयो ।

पशुपति क्षेत्र विकास कोषको रसिद काटी मोदीका तर्फबाट मूल भट्टले विशेष पूजा गर्नुभएको हो । विशेष पूजापछि पशुपति प्राङ्गणमा नेपाल–भारत मित्रताको कामना गरिएको थियो । भारतबाट आएको समूहले पशुपतिनाथको प्रसाद प्रधानमन्त्री मोदीलाई लैजाने समूह प्रमुख शुक्लले बताउनुभयो ।