१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा



अ+ अ-

नयाँदिल्ली। भारतका सडक यातायातमन्त्री नितिन गडकरीले आफूलाई देशको इथानोल मिश्रण कार्यक्रमसँग जोडेर सामाजिक सञ्जालमा मानहानिपूर्ण सामग्री प्रसारण गरिएको भन्दै मेटासहितका ठूला प्रविधि कम्पनीविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।

गडकरीले बम्बे उच्च अदालतमा दायर गरेको मुद्दामा ११ करोड भारतीय रुपैयाँ (११ लाख ४० हजार अमेरिकी डलर) क्षतिपूर्तिको माग गर्नुभएको उहाँको कार्यालयले जनाएको छ ।

उहाँले सामाजिक सञ्जालमा प्रसारित सामग्रीले आफूलाई सरकारको ‘ई–२०’ इथानोल मिश्रित पेट्रोल नीतिका लागि व्यक्तिगत रूपमा जिम्मेवार रहेको र आफू तथा आफ्नो परिवारले त्यसबाट आर्थिक लाभ लिएको भनी गलत आरोप लगाइएको बताउनुभएको छ ।

भारत सरकारले आयातित इन्धनमाथिको निर्भरता घटाउने र कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले पेट्रोलमा २० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने ‘ई–२०’ नीति कार्यान्वयन गरिरहेको छ । उक्त नीतिविरुद्ध सामाजिक सञ्जालमा विभिन्न पोस्ट तथा भिडियो भाइरल भएका छन् । ती सामग्रीमा इथानोल मिश्रित पेट्रोलले सवारीसाधनको इन्जिनमा क्षति पु¥याउने र कम इथानोल मिश्रणका लागि बनाइएका सवारीसाधनको मर्मत खर्च बढाउने दाबी गरिएको छ ।

गडकरीले आफूविरुद्ध प्रसारित ‘डिपफेक’ सामग्री र भिडियोले आफ्नो प्रतिष्ठामा अपूरणीय क्षति पु¥याइरहेको दाबी गर्नुभएको छ ।

मुद्दामा फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटासहित ‘एक्स कर्प’, गुगललगायत कम्पनीलाई विपक्षी बनाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गडकरीको मुद्दाबारे प्रतिक्रिया माग्दै एएफपीले गरेको अनुरोधमा मेटाबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

भारत फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताको सङ्ख्याका दृष्टिले मेटाका लागि प्रमुख बजारमध्ये एक हो । भारतीय सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममाथिको नियमनसमेत विस्तार गर्दै आएको छ र आपत्तिजनक सामग्री हटाउन तथा सरकारी निर्देशन पालना गर्न ती कम्पनीलाई निर्देशन दिँदै आएको छ । (रासस/एएफपी)