२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति सेना थप्न नेपाल तयार



अ+ अ-

काठमाडाैंः यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न स्रोत लगानी अपुग रहेका’ भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग–समन्वयको अपेक्षा गर्ने भएको छ ।

‘राष्ट्रयसंघीय शान्ति स्थापनाको मिसनमा यदी आवश्यक परेमा नेपालले थप शान्ति सेना पठाउन सक्नेबार ध्यानाकर्षण गराइनेछ,’ महासभा बैठकमा सहभागी हुन शनिबार न्युयोर्क जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने । 
अहिले विश्वका ११ देशमा रहेका १२ मिसनमा गरेर ५ हजार ९४ नेपाली सेना शान्ति स्थापनार्था खटिएका छन् । नेपालले सन् १९५८ यता राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत विभिन्न देशमा सेना पठाउन थालेको हो । (कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईकाे रिपाेर्ट)