२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण, अपेक्षा धेरै सम्भावना झिनाे



अ+ अ-

काठमाडाैंः चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो ।

सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ । राष्ट्रपति सी बिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कँदा नेपाल आउने भन्नेमा टुंगो छैन ।

परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘हामीलाई दुवै तिथि स्वीकार्य भएको जानकारी गराएका छौं । असोज २३ गतेदेखि ३० भित्र कुनै न कुनै दिन राष्ट्रपति सी नेपाल भ्रमणमा आउनेछन् ।

सीको भारत भ्रमण निश्चित नहुँदा मिति तयमा ढिलाइ भएको अर्का अधिकारीले बताए । भारत भ्रमण रद्ध भए सी असोज २५ मा नेपाल आउनेछन् । नेपालले सीको भ्रमण एक रातका लागि तय गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ । चिनियाँ पक्षले सीलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाउने र दुईपक्षीय भेट तथा औपचारिक कार्यक्रम पनि त्यही गर्ने तयारी गरेको छ । यो समाचार अन्नपूर्ण पोष्टमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।