२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादास्पद विधेयकहरू संसदमै थन्किए, सात वटा विधेयककाे मात्र टुंगाे लाग्याे



अ+ अ-

काठमाडाैंः संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् ।

गोरखापत्र दैनिकमा नारायण काफ्लेले तयार पारेकाे यससम्बन्धी समाचारमा विषयवस्तुको विवादका कारण समितिले प्रतिवेदन नै तयार पार्न नसक्दा महत्वपूर्ण मानिएका विधेयक समितिमै थन्किएकाे उल्लेख छ । विचाराधीनमध्ये केही विधेयक विवादका कारण अगाडि बढ्न सकेनन् । केही विधेयकमा राजनीतिक सहमति बने पनि प्रक्रियाकै चरणमा छन् । राष्ट्रियसभाबाट उत्पत्ति भएका चौथो अधिवेशनका कुनै पनि विधेयक पारित भएनन् । प्रतिनिधिसभाबाट उत्पति भएकामध्ये सात विधेयक दुवै सदनबाट पारित भए ।

संघीय संसद्ले चौथो अधिवेशनमा संघ र प्रदेशको साझा अधिकार सूचीको नेपाल प्रहरी तथा प्रदेश प्रहरीको निरीक्षण, सुपरीवेक्षण तथा सञ्चालनसम्बन्धी विधेयक पारित ग¥यो । दुईवटा विधेयक पारित भए पनि संघीय प्रहरी ऐन निर्माणको प्रक्रिया अघि नबढ्दा प्रदेशमा प्रहरी सेवा गठनको कानुनी बाटो खुलिसकेको छैन । यो समाचार लेखेका छन् ।