७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेका सभापति देउवाको बोलीप्रति राष्ट्रपति भण्डारीको व्यंग्य



अ+ अ-

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई हेपेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् ।

sf7df8f}F, # c;f]h -/f;;_ M /fi6«klt ljBfb]jL e08f/L g]kfnL sfª\u|];sf ;efklt z]/axfb’/ b]pjf, u0f]zdfgl;+x tyf zxLb :d[lt zflGt k|lti7fgn] z’qmaf/ sf7df8f}Fdf cfof]lht ;+3Lo nf]stflGqs u0ftGq g]kfnsf] ;+ljwfg @)&@ g]t[Tjstf{ :j= k”j{ k|wfgdGqL z’zLn sf]O/fnfnfO{ d/0ff]k/fGt u0f]zdfg l;+x hgcfGbf]ng :j0f{ kbs lje’if0f Pj+ clegGbg sfo{qmddf ;xefuL x’Fb} . t:jL/ M /f]zg ;fksf]6f


गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले सरकारविरुद्ध कडा आक्रोश पोख्दा राष्ट्रपति भण्डारीले आफूले नबुझेको भन्दै व्यंग्यपूर्ण प्रतिक्रिया दिएकी थिइन् । ‘यो मञ्चमा वक्ताले बोलेको केही नबुझिने रहेछ, नेताहरूले जोसले बोल्नुभयो, ताली पनि बज्यो, के बोल्नुभयो भन्ने बुझिएन । कान राम्रो सुनिएन कि ?’ राष्ट्रपतिले देउवाको अभिव्यक्तिप्रति लक्षित गर्दै भनिन्, ‘अब मिडियाबाट थाहा पाइएला ।’

त्यसअघि देउवाले प्रतिपक्षसँग छलफलै नगरी संविधानविपरीतका प्रावधान राखेर विधेयकहरू ल्याएको भन्दै आक्रोश पोखेका थिए । सरकारमातहत राख्ने गरी मानव अधिकार आयोगसम्बन्धी विधेयक ल्याइएकोमा देउवाले असन्तुष्टि जनाएका थिए ।

‘हामीले रेलिङ भाँचेका छैनौं, संसद्मा कुर्सी तोडफोड गरेका छैनौं भनेर हामीलाई हेप्ने ?’ देउवाले भने, ‘बोल्न नपाउने गरी मिडिया काउन्सिल विधेयक ल्याएर सरकारले जनताको स्वतन्त्रता खोस्न खोजेको छ । संविधानको मर्मविपरीत सरकारले ल्याएका विधेयक हामी स्वीकार गर्दैनौं ।’

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार एकलौटी ढंगबाट अघि बढेको र संविधान कार्यान्वयनमा गम्भीर नबनेको बताए । कान्तिपुरमा खबर छ ।