७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण सुनिश्चित रहेकाे प्रधानमन्त्रीको भनाइ



अ+ अ-

काठमाडाैंः चीनका राष्ट्रपति सी चिनफिङ नेपालको औपचारिक भ्रमणका लागि आउने पक्का भएको प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलका शीर्ष तहका नेताहरुलाई जानकारी गराएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भ्रमणको मिति र दिनका विषयमा छलफल चलिरहेको जानकारी गराएकाे बैठकमा सहभागी एक नेताले बताए । भ्रमणमा नेपालले मुख्य रुपमा रेल निर्माणको विषयलाई उच्च प्राथमिकतामा राख्ने भए पनि एजेन्डाहरु अझै तय भइसकेका छैनन् । प्रधानमन्त्रीले राष्ट्रपति सीको भ्रमणका बारेमा पार्टीभित्र एजेन्डा नै बनाएर छलफल गर्ने बताएका थिए ।

राष्ट्रपति सी दशैं लगतै भारत हुँदै नेपाल आउने कार्यक्रम छ । सी भारत-चीन सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । भारतबाट सोझै नेपाल आउने गरी नेपालले तयारी गरेको हो । यसअघि नै उपप्रधानमन्त्री इश्वर पोखरेलले चिनियाँ राष्ट्रपति नेपाल भ्रमण निश्चित भइसकेको काठमाडौंको टोखामा आयोजित एक कार्यक्रममा बताएका थिए ।

दुबै देशका परराष्ट्र मन्त्रालयले अद्यापी भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरेका छैनन् । तर १४ अक्टोेबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किने स्रोतको दाबी छ ।

राष्ट्रपति सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली सोमबार नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुसँग ‘सी जिनपिङ थप’बारे समेत छलफल गर्ने कार्यक्रम छ ।

सरकारले भने सीको भ्रमणका क्रममा गर्न सकिने सम्झौताहरुका लागि गृहकार्य थालेको छ ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा छलफल भएको काठमाडौं केरुङ रेल, मदन भण्डारी विश्वविद्यालय लगायतका विषयलाई टुंग्याउने सरकारको प्रयास छ ।

स्रोतका अनुसार सीको भ्रमणका क्रममा रेलको डीपीआर गर्ने सम्झौता हुनसक्छ । तर, लगानीबारे अहिलेसम्म टुंगो लागेको छैन ।