४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

संविधान दिवसको पदक विवादरहित बन्न सकेन: कार्यकर्ता बढाउन र फकाउन पदकको ‘योगदान’

संविधान दिवसको पदक विवादरहित बन्न सकेन: कार्यकर्ता बढाउन र फकाउन पदकको ‘योगदान’
अ+ अ-

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर घोषणा गरेको पदक विवादरहित बन्न सकेन। राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्तिलाई वितरण गर्नुपर्ने पदक अधिकांशतः कुनै योगदान नै नपुर्याएका व्यक्तिलाई दिइयोे, कार्यकर्ता बढाउन र फकाउनका लागि यसको दुरुपयोग भयो भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ।

संविधान दिवसको अवसर पारेर घोषणा गरिएको पदक पाउनेहरूको सूचीमा ख्यातिप्राप्त व्यक्तिको नाम नै नभएको चाहिँ होइन, मदनमणि दीक्षितजस्ता साहित्यकार र पत्रकारलाई पनि सरकारले नसम्झेको चाहिँ होइन। तर, ९५ प्रतिशत पदक कार्यकर्ता बढाउन र आफ्नो दलप्रति आकर्षित गर्ने प्रयोजनले व्यक्तिको चयन गरिएको छ।

पूर्वमुख्यसचिव विमल कोइरालाले राज्यले वितरण गर्ने पदक पद्धतिमा सुधार आउन नसकेका कारण यसमा विवाद सिर्जना भएको टिप्पणी गरेका छन्। ‘पदक वितरणमा हिजो जे थियो आज पनि त्यही नै परम्परा छ। यसमा कसैले सुधार गरेन’, पूर्वमुख्यसचिव कोइरालाले भने– ‘पदक कसले किन पाउँछ, पाउनेलाई त थाहा नहुने देशमा पदक वितरण प्रणालीमा सुधार खोज्नु मूर्खताबाहेक अरू केही होइन।

यसपटक राज्यले ६ सय ३४ जना विभिन्न क्षेत्रमा कार्यरत विभिन्न व्यक्तिलाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। यसपटक मानपदवी पाउनेमा ४ सय ५०, अलंकार पाउनेमा १ सय ५६ र पदक पाउनेमा २८ जना रहेका छन्। घोषणा गरिएको पदक पाउनेमा महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) बाट साहित्यकार मदनमणि दीक्षित र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई मरणोपरान्त विभूषित गरिने भएको छ।

त्यस्तै सुप्रसिद्ध प्रवल जनसेवाश्री (प्रथम श्रेणी) बाट प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्राडा. दिव्यासिंह शाह, पर्यटन तथा हवाई उड्डयन व्यवसायी स्व.आङछिरिङ शेर्पा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई विभूषित गरिने भएको छ। आगामी २०७७ वैशाख १ गते उक्त पदक वितरण गरिने भएको छ।

सरकारले घोषणा गरेको विभिन्न पदक पाउने व्यक्तिको नाम हेर्दा उनीहरूले राष्ट्रका लागि केही गरेको भन्दा पनि पार्टीका लागि केही गरेको व्यक्तिलाई पदकबाट विभूषित गरेको सामाजिक अभियन्ता नारायण मरासिनी बताउछन् । उनले भने– ‘मुलुकका लागि केही गर्ने व्यक्ति कति हुनुहुन्छ, उहांँहरू पदक पाउने सूचीमा परेको देखिँदैन जसले चाकडी र चाप्लुसी गरेको छ त्यही व्यक्ति पदकको हकदार भएको छ।’

यस्तै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संविधान दिवसका दिन पदकका लागि घोषणा गरिएको सबै नाम मैले हेरेको छैन तर यहांँ राज्यले वितरण गर्ने पदक सधैं विवादमा पर्ने गरेको बताउछन् । उनले भने– ‘पदक वितरण गर्ने प्रवृत्ति हेर्ने हो भने हिजोको भन्दा पनि झन् साँघुरिँदै गएको छ।’ ‘जुन उद्देश्यले पदक वितरण गर्ने भनेर राज्यले घोषणा गर्यो, त्यो उद्देश्यअनुरूप पदक वितरण भएका छन् तरु

यस विषयमा सबैले एकपटक सोच्नुपर्दछ जस्तो मलाई लाग्छ’, पोखरेलले भने– ‘परिवर्तनपछि जनताले धेरै कुरा खोजेका थिए तर त्यो परिर्वतनले पदक वितरणलाई छुन सकेको देखिँदैन, विगतमा जे परम्परा थियो अहिले पनि त्यही परम्परा छ। राज्यले दिने पदकको इज्जत हुनुपर्ने हो, पदकका बारेमा प्रश्न उठ्नु राम्रो होइन।’ समाचार नेपाल समाचारपत्र दैनिकबाट