५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले बेनी बगरफाँटका दुईघर बगायो, दुई वेपत्ता



अ+ अ-

बेनी । शनिवार राती आएको भीषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पुर्याएको छ । बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढी आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली उद्धारमा जुटेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले बताए । बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ । भने २ वटा कच्ची घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

बाढीको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धारका लागि राती नै घटनास्थलमा पुगेको र उद्धारमा खटिएको प्रहरी निरिक्षक शर्माले जानकारी दिए। बाढीमा परेर दुइजना बच्चाहरु हराइरहेका हुनाले उनीहरुको खोजी कार्य भइरहेको उनले बताए । बुद्ध एकेडेमीको खेल मैदानमा बाढी पसेको र विद्यालयका सबै कोठाहरु बन्द भएका कारण पानी बग्न नपाई एक पक्की सहित ४ वटा भवनहरु मध्ये दुई वटा कच्ची ब्लकका कक्षाकोठा हरुमा क्षति पुगेको विद्यालयका प्रबन्धक निर्देशक राजकुमार थापाले बताए ।

रातको समयमा भीषण बर्षा भएको र खोलाले धार परिबर्तन गरि आएको हुनाले अकल्पनीय क्षति भएको थापाले बताए । राहत र उद्धारका लागि अहिले घटनास्थलमा प्रहरी,स्थानीय प्रशासन र सर्वसाधरणहरु पुगेका छन् । समाचार गोरखापत्र दैनिकबाट