२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्मारमा पनि मनाईयो नेपालको संविधान दिवस



अ+ अ-

काठमाडौँ । म्यान्मारको याङ्गुनस्थित नेपाली दूतावासको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । म्यान्मारका सञ्चारमन्त्री पे मिन्ट उपस्थित कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरू, नेपालका लागि म्यान्मारका पूर्वराजदूत, राष्ट्रसङ्घका प्रतिनिधि, म्यान्मारका नेपालीभाषी र त्यहाँस्थित नेपालीहरु सहभागी थिए ।

मन्त्री पे मिन्टले नेपालले अर्को वर्ष मनाउन लागेको नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन म्यान्मारका तर्फबाट सक्दो पहल हुने बताए । उनले म्यान्मारका राष्ट्रपति मिन विन्ट र नेतृ आङसाङ सूचीले गत वर्ष गरेको नेपाल भ्रमणको सम्झना गरे । राष्ट्रिय दिवसको शुभकामना दिँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल होस् भन्ने कामना गरे ।

कार्यक्रममा म्यान्मारका लागि नेपाली राजदूत भीम उदासले ६० वर्ष अगाडिदेखि नेपाल र म्यान्मारबीच भएको कूटनीतिक सम्बन्ध पछिल्लो समयमा भएका द्विपक्षीय भ्रमणले थप मजबुत बनाएको बताए ।

करीब चार सय ५० सहभागी भएको कार्यक्रममा तेरिया मगरले नेपाली गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको अवसर पारेर ‘भिजिट नेपाल २०२०’ को प्रवद्र्धन पनि गरिएको थियो ।