१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्मारमा पनि मनाईयो नेपालको संविधान दिवस



अ+ अ-

काठमाडौँ । म्यान्मारको याङ्गुनस्थित नेपाली दूतावासको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । म्यान्मारका सञ्चारमन्त्री पे मिन्ट उपस्थित कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरू, नेपालका लागि म्यान्मारका पूर्वराजदूत, राष्ट्रसङ्घका प्रतिनिधि, म्यान्मारका नेपालीभाषी र त्यहाँस्थित नेपालीहरु सहभागी थिए ।

मन्त्री पे मिन्टले नेपालले अर्को वर्ष मनाउन लागेको नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन म्यान्मारका तर्फबाट सक्दो पहल हुने बताए । उनले म्यान्मारका राष्ट्रपति मिन विन्ट र नेतृ आङसाङ सूचीले गत वर्ष गरेको नेपाल भ्रमणको सम्झना गरे । राष्ट्रिय दिवसको शुभकामना दिँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल होस् भन्ने कामना गरे ।

कार्यक्रममा म्यान्मारका लागि नेपाली राजदूत भीम उदासले ६० वर्ष अगाडिदेखि नेपाल र म्यान्मारबीच भएको कूटनीतिक सम्बन्ध पछिल्लो समयमा भएका द्विपक्षीय भ्रमणले थप मजबुत बनाएको बताए ।

करीब चार सय ५० सहभागी भएको कार्यक्रममा तेरिया मगरले नेपाली गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको अवसर पारेर ‘भिजिट नेपाल २०२०’ को प्रवद्र्धन पनि गरिएको थियो ।