२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भण्डारी



अ+ अ-

लम्की । कैलालीको टीकापुरस्थित उद्योग वाणिज्य सङ्घको अध्यक्षमा रामबहादुर भण्डारी विजयी भएका छन् । अध्यक्षका प्रत्यासी ध्रुवराज खत्रीलाई २२१ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा विजयी भएको हुन् । भण्डारीले ५४१ मत प्राप्त गरेका छन् भने खत्रीले ३२० मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्ष वाणिज्यतर्फ चक्रपाणि सापकोटा र उपाध्यक्ष उद्योगतर्फ जगतराज चौधरी विजयी भएका छन् । महासचिवमा तपेन्द्र स्वाँर, सचिवमा गणेश रेग्मी, कोषाध्यक्षमा कमल चौधरी विजयी भएका हुन् । महिला सदस्यमा शिला सापकोटा, जनजाति सदस्यमा जितबहादुर चौधरी (पन्छी), दलित सदस्यमा अमित टमटा नेपाली, विजयी भएका छन् ।

खुला सदस्यमा नवराज रिमाल, तपेन्द्र कुँवर, मानबहादुर ठकुल्ला, रामबहादुर साउद, टेकबहादुर सोडारी, जीवन गौचन, सन्तोष खड्का र हिक्मत रावल विजयी भएको निर्वाचन अधिकृत धनबहादुर शाहीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष भण्डारीले मतदातालाई धन्यवाद दिँदै व्यापारीको सुझावका आधारमा काम गर्ने बताए । शनिबार भएको चुनावमा एक हजार दुई मतमध्ये ९१६ मत खसेको थियो ।