काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको खेल मैदानमा आज हुने खेलमा नेपालले भुटान विरुद्द जित हात पारे सेमिफाइनलमा पुग्नेछ ।
खेल नेपाली समय अनुसार दिउँसो तीन बजे सुरु हुनेछ । नेपालले भुटानमाथि बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।
नेपालले यसअघि सन् २०१५ र २०१७ मा भएको यू–१८ साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ ।