२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

केपी ओली अझैपनि प्रतिगमनकै बाटोमा छन्ः प्रचण्ड

केपी ओली अझैपनि प्रतिगमनकै बाटोमा छन्ः प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाउनु भएको छ । 

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनबिरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताउनु भएको हो । उहाँले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावना बिपरित् नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र बिरोधी भएको पुष्टि हुने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अदालतको फैसला छ, ह्वीप लाग्दैन भन्ने फैसला छ । अनि सभामुखले १५ दिन भित्र उहाँले लिनुपर्ने निर्णय १३ दिनकै दिन लिनुभएको छ । त्यहाँ कहीँ कतै ऐनको उल्लंघन पनि छैन । संविधानको मर्म र भावनाको उल्लंघन पनि छैन । तर अहिले पनि केपीजी माधवजी देखिएपछि त्यहाँ उपस्थित नहुने कसो अस्ति नेपाली काँग्रेसको महाधिवेशनमा आउनुहुन्न की भनेको आउनु भयो । नत्र माधवजी कहीँ जाने भन्ने भयो भने त्यहाँ उहाँ नजाने । यो भन्दा अराजनैतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र अरु केही हुन्छ ? उहाँको अघि यो त प्रस्ट नै छ । निर्वाचन आयोगले मान्यता दिएको छ । अदालतले निर्णय गरिदिएको छ । संसदले स्वीकार गरेको छ । ५ दलीय गठबन्धन बनेर सरकार चलिरहेको छ । त्यो कुरालाई अस्वीकार गर्ने जो भनिएको छ यसबाट पनि उहाँको प्रवृत्ति भनेको बिल्कुल लोकतन्त्र बिरोधी निरंकुश हो भन्ने कुरा पस्ट नै देखिन्छ ।’

अध्यक्ष दाहालले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनु भयो । उहाँले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि काँग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसीसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दावी समेत गर्नुभयो । अध्यक्ष दाहालले ओलीले संसद अवरुद्ध गरेर विधेयकहरु पारित हुन नदिने षड्यन्त्रमा लागेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘उहाँले अहिले पनि संसद अवरोध गर्नुको कारण भनेको के हो भने, उहाँले तर्र्क राख्नुभएको हामीले सुनेका छौँ । गठबन्धन टुट्छ भने उहाँले नेपाली काँग्रेसलाई एकलौटि सरकार बन्न दिने । यदी नेपाली काँग्रेसले गठबन्धन तोडेर एमालेको समर्थन लिन जाने हो भने । गठबन्धन टुट्ने हो भने एमसीसी पास गर्न सहयोग गर्ने । उहाँले खुलेआम दिएको तर्क हो यो । अर्कोतिर सदन चल्न नदिएर कुनै पनि विधेयकहरु परित हुन नदिने डिजाइन । यो सबै प्रतिगमनकै निरन्तरतामा उहाँ हुनुहुन्छ । उहाँले जस्ता शक्तिहरुसँग सहकार्य गर्ने कोशिस गरिरहनु भएको छ, ती सबै प्रतिगमनका पक्षधरहरुसँग नै गरिरहनु भएको छ । उहाँको निरन्तर प्रयासले तपाईहामी सबैलाई नकारात्मक ढंगले शतर्क हुन मद्दत गरेको छ । उहाँ प्रतिगमनकारी तरिकाले अघि बढ्नुहुन्छ भने हामी संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाएर अरु शक्तिलाई पनि आफ्नो वरिपरी गोलबन्दी गरेर प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्ने गरी प्रश्तुत  हुन्छौँ ।’

अध्यक्ष दाहालले गठबन्धन सरकारले ओली प्रवृत्तिलाई सफल हुन नदिने भन्दै ओली प्रतिगमनकारी तरिकाले अघि बढे संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाउने समेत बताउनु भयो ।