५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेसिबीको ठक्करबाट एक बालकको मृत्यु



अ+ अ-

चरिकोट । दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको (सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको छ । बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर दिँदा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिगु गाउँपालिका–५ चिलङ्खा घर भई सोरुङमा व्यवसाय गरी बसेका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्कालाई जेसिबीले ठकर दिएको र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेश बोहोराले जानकारी दिए ।

मृतक बालकको शव परीक्षणका लागि चरिकोट ल्याइएको र ठक्कर दिने बा३क १२०६ नंको जेसिबी ब्याक लोडर सिङ्गटी प्रहरीको नियन्त्रणमा रहेका छन् ।