महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१२ बिजलपुरा चल्कीटोलको पोखरीमा डुबेर शनिवार राति एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ घर भएका केदार प्रसाद पराजुलीकी ३० बर्षिय श्रीमती मिना सुबेदी रहेकी छिन् ।
मिना र केदार पेशाले पोखरीमा माछा मार्ने काम गर्ने गर्थे । शनिवार राति मिना बिजलपुरा चल्कीटोलको पोखरीमा बल्छी हालेर माछा मार्न गएकी मिनाको पोखरीमा डुबेर मृत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमको लागि जनकपुर अंचल अस्पताल लगिएको छ
।