११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन



अ+ अ-

काठमाडौं: सगरमाथा क्षेत्रको ५,००० मिटरभन्दा माथिको उँचाइमा अमेरिकामा निर्मित फ्रिफ्लाइ अल्टा एक्स जेन–२ ड्रोनले सफल परीक्षण उडान गर्दै हिमाली क्षेत्रमा अत्याधुनिक ड्रोन प्रविधिको प्रभावकारिता प्रदर्शन गरेको छ।

कोकाकोला फाउन्डेसनको साझेदारीमा नेपालस्थित अमेरिकी दूतावास र सेभेन समिट ट्रेक्सले संयुक्त रूपमा गरेको प्रदर्शनका क्रममा नेपाली ड्रोन अपरेटरहरूले गत जुन महिनामा अमा दब्लम हिमालको ४,६०० मिटर उचाइको आधार शिविरदेखि करिब ५,०५० मिटरको याक क्याम्पसम्म सफल उडान गरेका थिए। तीव्र हावा र अस्थिर मौसमका बीच ड्रोनले प्रत्येक उडान सफलतापूर्वक सम्पन्न गरेको दूतावासले जनाएको छ।

उक्त ड्रोनले हिमाली अभियानमा अक्सिजन सिलिन्डर, आवश्यक उपकरण तथा अन्य सामग्री सुरक्षित र छिटो ढुवानी गर्न सक्ने, शेर्पाहरूको शारीरिक जोखिम कम गर्ने तथा पर्वतारोहीहरूको सुरक्षा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले अमेरिकाको २५०औँ स्वतन्त्रता वर्षको अवसरमा भएको यो सहकार्यले अमेरिकी नवप्रवर्तन र नेपालको पर्वतीय विशेषज्ञतालाई एकसाथ जोडेको बताउनुभयो।

दूतावासका अनुसार हिमाली सरसफाइ, खोज तथा उद्धार, विपद् प्रतिकार्य र दुर्गम क्षेत्रमा आकस्मिक सामग्री ढुवानीलगायतका क्षेत्रमा ड्रोन प्रविधिको प्रयोग विस्तार गर्ने सम्भावना रहेको छ।