२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमै सडक छ गाडी चल्दैन, बस चढ्न हिउँदनै कुर्नुपर्ने



अ+ अ-

काठमाडौँ । शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो । यहाँका बासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् ।

यस्तै साँखु, जरसिंह पौवा हुँदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडि चल्दैन । अरुबेला पनि यो सडको अवस्थता उस्तै छ । हिलो र खाल्टाखुल्टीले गाडी चलाउन मुश्किल छ । केराघारीका बासिन्दा सवारीसाधन प्रयोग गर्न एक घण्टा उकालो चढेर छापसम्म पुग्छन् । स्थानीय वीरबहादुर तामाङ यातायातसँगै विद्यालय र स्वास्थ्य चौकीबाट समेत सेवा लिन सहज नभएको बताउनुहुन्छ ।

जहरसिंहपौवाबाट एक घण्टा हिँडेपछि पुगिने बस्ती हो घट्टेकुलो । यहाँका बासिन्दाले यातायातका साधन प्रयोग गर्न हिउँदको समय कुर्नुपर्ने अवस्था छ । गाउँघरमा कोही बिरामी हुदाँ बोकेरै जहरसिंहपौवा पुर्याउनुपर्ने अवस्था छ । “काठमाडौँ भनेर के गर्नु ? बिरामीलाई बोकेरै अस्पताल पुर्याउनुपर्छ । सडक छ गाडी चल्दैन”, स्थानीय जीतबहादुर तामाङले भन्नुभयो ।

वडाध्यक्ष सन्तबहादुर वाइवा घट्टेकुलोसम्मको सडक मर्मत गरिने बताउनुहुन्छ । प्राकृतिक रुपमा रमणीय जहरसिंह पौवासम्म पुग्न निकै कठिन हुन्छ । हिलो र धुलोका कारण पर्यटक हैरान हुने गरेका छन् । चाबहिल–जहरसिंहपौवा सडकखण्डमा ठाउँ ठाउँमा खाल्टाखुल्टी छन् । “भय र त्रासमा यात्रा गर्नुपर्ने अवस्था छ”, सो सडकखण्डमा यात्रा गर्दै आउनुभएका सन्तोष चौलागाईंले भन्नुभयो ।

साँखु बजारबाट तीन किलोमिटर उक्लिने बित्तिकै छापभञ्ज्याङका बस्तीमा पुगिन्छ । लप्सेफेदी र नाङलेभारेमा बर्खाको समयमा बस चल्दैन । “बस चढ्न हिउँद नै कुर्नुपर्ने बाध्यता छ”, चौलागाईँले भन्नुभयो । साँखुबाट मेलम्चीसम्मको सडक कालोपत्रे गरिएको थियो । कालोपत्रे गरिएको छ महिना बित्न नपाउँदै सबै उप्कियो । यहाँ विद्यालय पुग्न एक घण्टा उकालो चढ्नुपर्ने स्थानीयवासी गोमा तामाङ बताउनुहुन्छ । “हिँड्न नसक्दा कतिपय बालबालिका विद्यालय जानै मान्दैनन्”, उहाँले भन्नुभयो ।