७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजारको नोटमा एक हात्ति नहुने, नयाँ हजारको नोटमा के ?



अ+ अ-

काठमाडौं । एक हजारको नोटमा दुई हात्ती रहने भएका छन् । अहिले एउटा मात्रै हात्ती भएको एक हजारको नोट प्रचलनमा छ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीका अनुसार चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मण एक हजारको नोटमा देखिने भएका हुन् ।

सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भई नोट छपाइका लागि गरिएको ग्लोबल टेन्डर आह्वानबाट चिनियाँ कम्पनीले जिम्मा पाइसकेको सिवाकोटीले बताए।

‘टेन्डरको जिम्मा चिनियाँ कम्पनीले पाइसकेको छ, अब ३र४ दिनमै सो कम्पनीसँग नोट छपाइको सम्झौता हुनेछ,’ उनले भने।

नोट छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट प्रचलनमा आउने गरेको उनले बताए।

‘अर्को दसैंमा जुम्ल्याहा हात्ती भएको नोट प्रचलनमा आउन सक्नेछ’ उनले भने।