५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजारको नोटमा एक हात्ति नहुने, नयाँ हजारको नोटमा के ?



अ+ अ-

काठमाडौं । एक हजारको नोटमा दुई हात्ती रहने भएका छन् । अहिले एउटा मात्रै हात्ती भएको एक हजारको नोट प्रचलनमा छ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीका अनुसार चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मण एक हजारको नोटमा देखिने भएका हुन् ।

सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भई नोट छपाइका लागि गरिएको ग्लोबल टेन्डर आह्वानबाट चिनियाँ कम्पनीले जिम्मा पाइसकेको सिवाकोटीले बताए।

‘टेन्डरको जिम्मा चिनियाँ कम्पनीले पाइसकेको छ, अब ३र४ दिनमै सो कम्पनीसँग नोट छपाइको सम्झौता हुनेछ,’ उनले भने।

नोट छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट प्रचलनमा आउने गरेको उनले बताए।

‘अर्को दसैंमा जुम्ल्याहा हात्ती भएको नोट प्रचलनमा आउन सक्नेछ’ उनले भने।