८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीमूनि पुगेर प्रेमीले राखे विवाहको प्रस्ताव, प्रेमिकाले जवाफ दिन नपाउँदै मृत्यु



अ+ अ-

काठमाडौं । अमेरिकी नागरिक स्टेभन वेभर र उनकी प्रमिका केनेशा आन्टवान केही दिनअघि विदा मनाउन अफ्रिकी मुलुक तान्जानिया पुगेका थिए।

उनीहरू पेम्बा टापुनजिकैको मान्टा रिसोर्टको पानीमूनि रहेको कोठामा बसे। उक्त जोडीले ३२ फिटमूनि रहेको कोठा ४ दिनका लागि बुकिङ गरेको थिए।

गत बिहीबार उनीहरू पानीमूनि बसेको तीन दिन भएको थियो। वेभर कोठाबाट बाहिर निस्किए। उनी पानीमा पौडिएर प्रेमिकालाई विवाह प्रस्ताव राख्न चाहन्थे।

आन्टावान त्यो महत्वपूर्ण क्षण कोठाभित्र बसेर भिडिओमा कैद गरिरहेकी थिइन्।

वेबरले प्रस्ताव राख्ने क्रममा कोठाको सिसामा एक पत्र टाँसे।

‘म सबै कुरा बताउन सास रोक्न सक्दिनँ, तर म तिमीलाई माया गर्छु र म तिमीलाई हरेक दिन अझ बढी माया गर्छु,’ उनको पत्रमा लेखिएको थियो।

त्यसपछि उनले खल्तीबाट औंठी निकालेर विवाहको प्रस्ताव राखे। वेभर कुनै सुरक्षाबिना नै प्रस्ताव राख्न पानीमूनि छिरेका थिए।

‘जवाफ दिन पाइनँ तर उनको विवाहको प्रस्ताव म स्वीकार गर्थें,’ आन्टवानले फेसबुकमा लेखेकी छन्,‘त्यो गहिराइबाट कहिल्यै फर्केनन्।’

मान्टा रिसोर्टले बिहिबार दिउँसो डुबेर मृत्यु भएको बिबिसीलाई बताएको हो।