१४ आश्विन २०८१, सोमबार
,
Latest
विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले दिलायो पीडितलाई न्याय



अ+ अ-

जीतपुर । नेकपा कपिलवस्तुले मध्यस्थता गरी पार्टीका जिल्ला नेता विश्व कार्कीका कारण आर्थिकरुपमा पीडितलाई न्याय दिलाएको छ । पीडितले एकमुष्ट आफूले पाउनुपर्ने रु ३८ लाख पाएका हुन् । न्याय पाउनेमा गुल्मी मालिकाका ताराबहादुर थापा, बाग्लुङ बडीगाउँका पूर्णबहादुर विकसहित १२ जना छन् ।

रोजगारी पाउने आशामा एमालेका जिल्ला नेता कार्कीलाई पीडितले जनही रु दुई लाख ६० हजारदेखि रु चार लाख ५० हजारसम्म उनीहरूले बुझाएका थिए । पीडितले कार्कीलाई जम्मा रु ४५ लाख बुझाए काम नभएको र रकम पनि फिर्ता नभएको भन्दै नेकपा कपिलवस्तु पार्टी कार्यालयमा न्यायका लागि निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा आर्थिक विवादमा परेका कार्कीलाई बाणगङ्गा नगरकमिटीको अध्यक्षबाट छ महीनाका लागि निलम्वन गरेको थियो । निदेवनपछि सम्पर्कविहीन कार्की पार्टीको सम्पर्कमा आएर पीडितको रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएकाले उहाँकै निवासमा पीडितलाई बोलाइ जिल्ला पार्टी कार्यालयले उनीहरुको रु ३८ लाख फिर्ता गराएको पार्टी अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो । दुवै पक्षलाई राखेर छलफल गर्दा रु ३८ लाख कार्कीले लिएको र बाँकी रु सात लाख रकम पीडितबाट कार्कीलाई सम्पर्क गराउने मध्यस्तकर्ताले लिएको तथ्य खुलेको थियो । पार्टी अध्यक्ष पोख्रेलका सामु कार्की परिवारले पीडितबाट विश्वले लिएको रकम फिर्ता गरेका थिए ।

कार्कीले लिएको सम्पूर्ण रकम फिर्ता गर्दै आफूले पीडितलाई ठग्न नखोजेको तर सम्पूर्ण सम्पत्ति बैंक धितोमा रोक्का रहेकाले बेचबिखन गरी समयमै कारोवार मिलान गर्न चुकेको भन्दै पीडित र पार्टी नेतासमक्ष आत्मालोचना गरेका थिए ।