२५ असार २०८३, बिहीबार
,
Latest
कर्मचारीका लागि नयाँ आचारसंहिता जारी, कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा कडाइ चालु आर्थिक वर्षको ७८ प्रतिशत मात्र बजेट खर्च, पुँजीगत ४० प्रतिशतमा सिमित एक चीन नीतिप्रति दृढ रहन र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिन पूर्वप्रधानमन्त्री खनालको आग्रह निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने अमेरिका–इरान सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा चिन्ता व्यक्त ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व संकलन चीनका लागि ७ पूर्वराजदूतको सरकारलाई प्रश्न: छिमेकीसँगको परराष्ट्र नीति बदलेका हो ? तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरी स-सम्मान जेलमुक्त हुने : प्रचण्ड



अ+ अ-

काठमाडौं । टीकापुर घटनाबारे नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको बताएका छन्।
आइतबार सुनसरीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस विषयमा केहीदिन अघि बालुवाटारमा छलफल भएको बताएका हुन् ।

‘टीकापुर घटनाको सन्दर्भ आयो। अस्ती भर्खरै हामीले बालुवाटारमा यो विषयमा छलफल गरेर सबै झुठा मुद्दाहरू खारेज गर्ने सैद्धान्तिक निर्णय गरेका छौं र खारेजीको प्रक्रियामा अघि बढिएको छ,’ प्रचण्डले भने,‘मलाई विश्वास छ केही समयपछि झुठा मुद्दाहरू खारेज हुन्छन्। र थारूहरू जो अहिले पनि बन्दी अवस्थामा रहेका छन्। उनीहरू मुक्त हुन्छन्।’

टीकापुर घटनाकाको मुद्दामा अहिले जेलमा रहेका राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सदस्य रेशम चौधरी पनि स-सम्मान जेलमुक्त हुने प्रचण्डले संकेत गरे।

‘जनताको मतबाट जितेका माननीयहरूलाई स-सम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास पनि तपाईंहरूको अगाडि राख्न चाहन्छु,’ प्रचण्डले भने।

आफूले नेतृत्व गरेको माओवादी आन्दोलनका क्रममा जेल परेकाहरू अहिले पनि जेलमै रहेकाले टीकापुर घटनामा जेल परेकाहरूको पीडा आफूले बुझेको प्रचण्डले बताए।




भर्खरै