७ असार २०८३, आईतवार
,
Latest
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर नतिर्नेको व्यक्तिगत सम्पत्ति खोजी असुल गरिने



अ+ अ-

हेटौडा । आन्तरिक राजश्व कार्यालय हेटौँडाद्वारा मकवानपुरको बेग्लाबेग्लै दुई स्थानमा व्यवसायी र उद्योगीहरुसँग करदाता शिक्षा सम्बन्धमा दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मकवानपुर उद्योग वाणिज्य सङ्घको समन्वयमा आयोजित कार्यक्रम मकवानपुरको वाग्मती गाउँपालिकाको राईगाउँ र फापरबारीमा सम्पन्न भएको हो ।

सो अवसरमा उद्योगी व्यवसायीहरुले कर तिर्ने सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए । उक्त अवसरमा करदातासम्बन्धी प्रशिक्षण दिँदै आन्तरिक राजश्व कार्यालयका प्रमुख सन्तबहादुर ढकालले उद्योग व्यवसाय चलाउने तर करको दायरामा नआउने तथा कर नतिर्नेहरुको व्यापक अनुगमन भइरहेको बताउनुभयो । उहाँले कर नतिरेर कालो सूचीमा परेका उद्योगी व्यवसायीहरु समयमा कर तिर्नुपर्ने नभए व्यक्तिगत सम्पत्ति खोजी असुलउपर गरिने बताउनुभयो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सरोज ढकालले सरकारको कर नीतिका बारेमा जानकारी गराउनुभएको थियो । यसैबीच हेटौँडास्थित आन्तरिक राजश्व कार्यालयमा स्थायी लेखा नम्बर लिनका लागि उद्योगी व्यवसायी र सर्वसाधारणको भिड लाग्ने गरेको बताइएको छ ।