११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेक्सासमा ४४औँ विपी स्मृति दिवस मनाइयो



अ+ अ-

अस्टिन/ टेक्सास: नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद (विपी) कोइरालाको ४४औँ स्मृति दिवस अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा आइतबार मनाइएको छ।

नेपाली जनसम्पर्क समिति अस्टिन च्याप्टरको आयोजनामा भएको कार्यक्रममा विपी कोइरालाको लोकतान्त्रिक विचार, राजनीतिक योगदान र नेतृत्वबारे चर्चा गरिएको थियो।

जनसम्पर्क समिति अस्टिन च्याप्टरका उपाध्यक्ष टुकप्रसाद चापागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष सिपी पौडेल, गैरआवासीय नेपाली संघ (एनआरएनए) समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष प्रदीप चौलागाईं, ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष पदम ठकुराठी, स्थानीय बुद्धिजीवी दीपक हुमागाईं, शम्मु दवाडी तथा झरना अधिकारीले विपीको व्यक्तित्व, लोकतान्त्रिक आदर्श र राष्ट्र निर्माणमा उहाँको योगदानबारे विचार व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन संस्थाका महासचिव तिलक भण्डारीले गरेका थिए।