२९ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन”
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति



अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल विहेवियर’ विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् ।

यही साउन ८ गते परीक्षा सुरु भएलगत्तै उक्त विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सप समूमा सेयर गरी प्रश्न पत्रको गोपनियता भङ्ग गरेको कसुरमा कैलालीको घोडाघोडी नगरपालिका–११ घर भई हाल भक्तपुर बस्ने ३३ वर्षीय सन्दीप सिंह पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिंहलाई भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ बाट पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान जारी रहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराले जानकारी दिनुभयो । त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा अन्य केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो ।

एमबिएस प्रथम सेमेस्टरको अन्य विषयका परीक्षा बाँकी नै रहेका अवस्थामा उक्त परीक्षामा गैरकानुनी क्रियाकलाप नगर्न ब्युरोले सचेत गराएको छ । रासस