७ असार २०८३, आईतवार
,
Latest
फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज फिफा वर्ष खेलाडी अवार्ड हुँदै, मेस्सी, रोनाल्डो र डाइक-को बन्ला द बेष्ट ?



अ+ अ-

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज (सोमबार) राति फिफा वर्ष खेलाडी अवार्ड ‘द बेष्ट’ को घोषणा गर्दैछ । इटालीको मिलानमा आयोजना हुने भव्य कार्यक्रमकाबीच वर्ष खेलाडीलाई अवार्ड प्रदान गरिनेछ । फिफाले सार्वजनिक गरेको अन्तिम मनोनयनमा बार्सिलोनाका लियोनल मेस्सी, लिभरपुलका भिर्गिल भान डाइक र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

यस सिजन लिभरपुलका डिफेन्डर डाइकलाई मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ । उनको उत्कृष्ट प्रदर्शनले लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो । डाइकले यसै वर्ष युईएफए वर्ष खेलाडी अवार्ड जितेका थिए । उनले मेस्सी र रोनाल्डोलाई नै पनि पछि बनाएका थिए । रोनाल्डोले यस वर्ष पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए । यस्तै युभेन्ट्सबाट इटालियन सिरी ‘ए’ उपाधि जितेका थिए ।

मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जिते र च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता पनि बनेका थिए । उनले युरोपियन गोल्डेन बुट समेत जितेका थिए । वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, योर्गेन क्लोप र माउरिसियो पोचेटेनो रहेका छन् ।

वर्ष गोलकिपर अवार्डका लागि एलिसन बेकर, एण्डरसन मोरिस र मार्क टेर स्टेगेन परेका छन् ।त्यस्तै वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि लियोनल मेस्सी,जुवानफर क्वान्टेरो र डानियल जेसोरीको गोल शीर्ष तीनमा परिसकेका छन् ।