२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

‘भृकुटीमण्डप धेरै अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले अब व्यवस्थित बनाउनु जरुरी छ’- महिलामन्त्री उमा रेग्मी (भिडियो)

‘भृकुटीमण्डप धेरै अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले अब व्यवस्थित बनाउनु जरुरी छ’- महिलामन्त्री उमा रेग्मी (भिडियो)
अ अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताउनु भएको छ । सोमबार काठमाडौंमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताउनु भएको हो ।

उहाँले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारी मैत्री क्षेत्र बनाउने योजना रहेको बताउनुभयो । मन्त्री रेग्मीले भृकुटीमण्डपमा धेरै समस्याहरुको भन्दै सबैलाई व्यवस्थित गर्नु पर्ने जरुरी रहेको उल्लेख गर्नु भयो । उहाँले भृकुटीमण्डपमा रहेका निम्न व्यवसायीले र्तिदै आएको भाडालाई वैज्ञानिक रुपमा वृद्धि गर्दै प्लास्टिकको छानोलाई परिर्वतन गर्ने काम समेत अगाडि बढाउने बताउनुभयो ।

मन्त्री रेग्मीले भृकुटीमण्डप स्टलको भाडा बढाएर व्यापारी बस्ने स्थान व्यवस्थित र सरसफाइमा समेत व्यवस्थित बनाइने बताउनुभयो । उहाँले बजार स्थापना भएको २७ वर्ष पुगे पनि बजारलाई व्यवस्थित गर्नु नसक्नु राम्रो नभएको बताउनुभयो । समाज कल्याण परिषद्सँग भएको सम्झौता सकिए पनि पुनः सम्झौता गर्न तयार रहेको बताउनु भयो ।

मन्त्री रेग्मीले भन्नुभयो, ‘भृकुटीमण्डप धेरै अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले अब व्यवस्थित बनाउनु जरुरी छ । त्यसको लागि समाज कल्याण परिषद् तयार छ । परिषद् महानगरपालिकाको वडासँग सहकार्य गरेर अगाडि बढ्छ। वडा अध्यक्ष भृकुटीमण्डपलाई व्यवस्थित बनाउनको लागि तयार हुनुहुन्छ। परिषद्ले तीन दिन भित्र पत्र लेख्न निर्देशन दिन्छु। भृुकुटीमण्डपको व्यापारीहरुले परिषद्लाई तिर्दै आएको भाडा नाङ्लो पसलले महानगरलाई दिने भन्दा पनि कम भएको छ । यसलाई वैज्ञानिक ढङगले भाडा वृद्धि गरेर जानुपर्छ । अनि मात्रै बजार व्यवस्थित हुन्छ । त्यसको लागि व्यापारीको पहिलो सहयोग आवश्यक छ । त्यस पछि समाज कल्याण परिषद्ले व्यापारी बस्ने स्थान र सरसफाइ देखि सबै कुरालाई व्यवस्थित बन्छ । यस्तो हुँदा मात्रै यो क्षेत्र साना व्यापारी मैत्री बन्न सक्छ । हाम्रो प्रयास पनि साना व्यापारी मैत्री क्षेत्र बनाउने हो । त्यसको लागि व्यवसायी तयार हुनुपर्छ । तर ।स्थापना भएको २७ वर्ष हुँदा पनि बजार व्यवस्थित बनाउन नसक्नु राम्रो होइन्। अब प्लास्टिकको छानो हटाएर जस्तोको छानो हाल्ने योजना छ । त्यस्तै सकिएको सम्झौता पनि पुनः थप्दै जाने छौं ।’

मन्त्री रेग्मीले पछिल्लो समय भृकुटीमण्डपका व्यापारीहरुले बीचबीचमा समाजकल्याण परिषद्भन्दा बाहिर सम्झौता हुने गरेको भन्दै परिषद्मा नै गएर सम्झौता गर्न व्यापारीलाई आग्रह गर्नु भयो । उहाँले भृकुटीमण्डपका व्यापारीको घर धनी भनेको समाज कल्याण परिषद् भएको भन्दै घर धनीलाई थाहा नदिई सामान बेच्न नपाउने बताउनुभयो । कार्यक्रममा संघले मन्त्रीसँग गत मंसीर २४ गतेदेखि सकिएको सम्झौता थप गर्न आग्रह गरेको थियो ।