१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाको खागसहित छ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले संरक्षित बन्यजन्तु गैँडाको खागसहित ६ जनालाई पक्राउ गरेको छ । गैँडाको खाग अवैध रुपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले उक्त कार्यमा संलग्न ६ जनालाई २ गते बौद्धबाट नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा ४१ वर्षीय बिरमान तामाङ, ४२ वर्षीय बेद बहादुर दनुवार, ४१ वर्षीय भिम थिङ, २० वर्षीय नवराज गिरी, ३२ वर्षीय भिम तामाङ र ३१ वर्षीय सोहन सार्की रहेका छन् । 

उनीहरुलाई थप अनुसन्धानका लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।