६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ

रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको आरोप लगाउनुभएको छ ।

नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले नकारात्मक दिशा लिएको दाबी गर्नुभएको हो । श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका सवालमा सरकारले गम्भीर घात गरेको उल्लेख गर्नुभयो ।

नेपालले भारतको भूमि मिचेको भनी संसदमा दिइएका अभिव्यक्तिको रास्वपाका नेताहरूले समर्थन गरेको र त्यसलाई पुष्टि गर्न खोजेको भन्दै उहाँले आपत्ति जनाउनु भयो ।

नेपाली राजनीतिको इतिहासमा यसअघि कहिल्यै यस्तो प्रकृतिको राष्ट्रहित विपरित र समाजलाई विभाजित गर्ने काम नभएको उहाँको भनाइ छ ।

संविधान र लोकतन्त्रको रक्षाका सम्बन्धमा बोल्दै नेता श्रेष्ठले वर्तमान सरकार संविधानले परिकल्पना गरेको ‘समाजवाद उन्मुख’ राज्य र अर्थतन्त्रप्रति प्रतिवद्ध नरहेको आरोप लगाउनु भयो । संविधान संशोधनको विषयमा टिप्पणी गर्दै उहाँले संविधानको मूल मर्म र लोकतन्त्रको रक्षालाई केन्द्रमा राखेर मात्र संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

लोकतन्त्रको हत्या गर्नेगरी ल्याइने संशोधनको विरुद्धमा उभिनुपर्ने उहाँको तर्क छ । नेता श्रेष्ठले सरकारले वाक् तथा संगठन स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको बताउनु भयो । शैक्षिक र प्राज्ञिक संस्थाहरूलाई दलीयकरणबाट मुक्त गर्ने बहानामा विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिवन्ध लगाउने प्रयास भइरहेको भन्दै उहाँले विरोध जनाउनु भयो ।

सरकारले एकातिर दलीयकरण मुक्त भन्ने तर अर्कोतिर आफ्ना पक्षका व्यक्तिहरूलाई महत्वपूर्ण संवैधानिक र न्यायिक निकायमा नियुक्ति दिने दोहोरो चरित्र देखाएको उहाँको आरोप छ ।

नेता श्रेष्ठले भन्नुभयो, ‘रास्वपाको नेतृत्वमा सरकार अघि बढिरहेको वर्तमान अवस्थाले राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र श्रमजीवी वर्गका अधिकारमाथि गम्भीर चुनौती सिर्जना गरेको देखिन्छ । राष्ट्रिय हितका विषयमा भ्रम फैलाउने, संविधानको समाजवादउन्मुख मूल भावना विपरीत नीति अघि सार्ने तथा संविधान संशोधनको नाममा यसको आधारभूत मर्म कमजोर बनाउने प्रयास भइरहेको आरोप छ । त्यसैगरी अभिव्यक्ति स्वतन्त्रता, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि नियन्त्रण गर्ने प्रवृत्ति बढेको तथा सानो आलोचनामै मुद्दा र पक्राउको अभ्यास देखिएको बताइएको छ। सुकुम्बासीमाथि गरिएको बलपूर्वक हटाउने कार्य र अमानवीय व्यवहारप्रति पनि गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ । यस परिस्थितिमा राष्ट्रिय स्वाधीनता, संविधान, लोकतन्त्र र गरिब–श्रमजीवी वर्गको अधिकारको रक्षाका लागि सशक्त रूपमा उभिनुपर्ने आवश्यकता औँल्याइएको छ । साथै, कम्युनिस्ट आन्दोलनले आत्मसमीक्षा गर्दै वैचारिक र संगठनात्मक रूपमा सुदृढ भएर यी चुनौतीको नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरिएको छ ।’

सुकुम्बासी समस्याका सन्दर्भमा बोल्दै श्रेष्ठले सरकारको कार्यशैली अमानवीय भएको बताउनु भयो । डोजर र सुरक्षाकर्मीको प्रयोग गरी सुकुम्बासीहरूलाई रातारात उठाइएको, होल्डिङ सेन्टरमा आधारभूत सुविधाबाट वञ्चित गरिएको र उनीहरूलाई अपमानजनक व्यवहार गरिएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो

। नेता श्रेष्ठले श्रमजीवी र उत्पीडित वर्गमाथि अन्याय हुँदा कम्युनिष्ट पार्टी र तिनका भ्रातृ संगठनहरूले सशक्त प्रतिरोध गर्न नसक्नुमा वैचारिक र सांस्कृतिक स्खलन मुख्य कारण रहेको बताउनु भयो ।

राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि आइलागेको संकट टार्न कम्युनिष्टहरूले आफूलाई सुधार गर्दै नेतृत्वदायी भुमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल