२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा ‘प्लेअर अफ दी इअर’ २०१९ को उपाधि फुटबल स्टार लियोनल मेसीलाई



अ+ अ-

एजेन्सी । फिफाको ‘प्लेअर अफ दी इअर’ २०१९ को पुरुषतर्फको उपाधि अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले जितेका छन् । सोमबार राति इटालीमा आयोजित अवार्ड घोषणा कार्यक्रममा मेसीले उक्त उपाधि जितेका हुन् । मेसीले दुई प्रतिस्पर्धी क्रिस्टयानो रोनाल्डो र लिभरपुलका खेलाडी भर्जील भान डाइकलाई उछिन्दै यो उपाधि हात पारेका हुन् ।

मेसीले २०१८–२०१९ को सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका थिए । ५० खेल खेल्दा ५१ गोल गर्नुकासाथै २० गोलका लागि पास उपलब्ध गराएका थिए । ला लिगा र युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्तासमेत बनेका थिए । मेसी यो उपाधि बसैभन्दा धैरै जित्ने फुटबलर हुन् । उनीपछि पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले ५ पटक यो उपाधि जितेका छन् ।

अवार्ड घोषणा कार्यक्रममा मेसी पत्नी र २ छोरासहित गएका थिए । उपाधि जितेपछि बोल्दै मेसीले आफूलाई यसको हकदार बनाउनेप्रति आभार प्रकट गरे । उनले उपलब्धि आफ्नो मात्रै भन्दा पनि टोलीको योगदानका कारण भएको उनले बताए ।

महिलातर्फको उपाधि अमेरिकाकी फुटबलर मेगान रापिनोले जितिन । अमेरिकाले २०१९ मा भएको महिला विश्वकप जित्दा टोलीका लागि महत्वपूर्ण योगदान गरेका थिइन् । समाचार अन्नपुर्णपोष्ट दैनिकबाट