६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली यू–१६ फुटबल टिम आज स्वदेश फर्कदै



अ+ अ-

काठमाडौं । जोर्डनमा सम्पन्न एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाएर नेपाली यू–१६ फुटबल आज (मंगलबार) स्वदेश फर्कदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोलि आज साँझ ६ः३० मा नेपाल आईपुग्ने छन् ।

समूह ‘ए’ मा रहेको नेपालले ४ खेलबाट ४ अंक जोडेको थियो । प्रतियोगिताबाट ताजिकिस्तान च्याम्पियनसिपका लागि छनोट भएको थियो । छनोटमा चौंथो भएको नेपालले श्रीलंकालाई मात्र हराएको थियो । आइतबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले हराएको थियो ।

त्यसअघि पहिलो खेलमा घरेलु टोली जोर्डनसंग ७–० ले पराजित नेपालले दोस्रो खेलमा कुवेतसंग १–१ को बराबरी खेलेको हो । तेस्रो खेलमा नेपाल ताजिकिस्तानसंग ७–० ले पराजित भएको थियो ।