१३ आश्विन २०८१, आईतवार
,
Latest
सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटान र माल्दिभ्स खेल्दै, नेपालको भाग्य चम्किएला त ?



अ+ अ-

काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको पाचौं दिन आज (मंगलबार) भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा हुने भुटान र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । र, भुटान र माल्दिभ्सबीचको खेल भने केहि रोमाञ्चक हुनेछ ।

भुटान माल्दिभ्सलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनल पुग्न चाहन्छ । यस्तै माल्दिभ्स पनि भुटानलाई हराउँदै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ । तर भुटान यस अघिनै सेमिफाइनल पुगिसकेको छ र अब माल्दिभ्स र नेपाल मध्ये एक टिम मात्र सेमिफाइनलमा पुग्नेछन् ।

समूह ‘ए’ मा रहेको भुटान र माल्दिभ्सबीचको खेल नेपालका लागि सबैभन्दा बढी महत्वपूर्ण रहेको छ । यस खेलले नेपालको सेमिफानलको खेललाई पक्का गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा भुटानसँग ३–० गोलले पराजित भईसकेको छ ।